jQuery(document).ready(function($){ //
});

दमकमा यहि २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघले बर्षेनी आयोजना गर्ने फूडफेस्टिवललाई यसवर्ष पनि निरन्तरता दिई तयारी तीव्र पारिएको अध्यक्ष योगराज दंगालले बताए । विस. २०७१ सालदेखि दमकको व्यवसायिक पर्यटन,प्रवद्र्धनका लागि फूडफेस्टिवल आयोजना गरिआएको छ ।

संघले आज दमकमा पत्रकार सम्मेलन गरि दशौं संस्करणका रुपमा रहेको यस फेस्टिवल सम्पन्न गर्न तयारी तीव्र पारिएको जानकारी दिए । दमक–७ स्थित पशुहाट मैदानमा हुने सो फेस्टिवलमा करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने तथा त्यसबाट रु ५० लाख बढीको कारोवार हुने अनुमान गरिएको संघका कोशी प्रदेश अध्यक्ष राजन दङगालले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी,ताजपुरिया,धिमाल,राई,लिम्बू,गुरुङ लगायतका जनजातिका दुई दर्जन बढी खाद्य परिकारका स्टलहरु रहने छन् भने दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाईएको छ ।

फेस्टिवल अवधिमा दमकमा आउने पर्यटकलाई लक्षित गरि स्थानीय होटल तथा लजमा २० प्रतिशतसम्म छुटको ब्यवस्थागरिएको कार्यक्रम संयोजक भुपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय