jQuery(document).ready(function($){ //
});

चैत्र २१, गौरादह : झापा गौरादह नगरपालिका वडा नं.५ मा एकै दिन तीन ओटा सहकारीमा चोरी भएको छ l गौरादह वडा नं.५ स्थित स्कूलचौन बजारमा रहेको जनहित सहकारी त्यस्तै सोही वडाको चप्रामारीमा रहेको महारानी झोडा बचत सहकारीको चप्रामारी सेवा केन्द्र तथा साना किसान सहकारी गएराति कार्यालय तोडफोड गरि चोरी भएको जनाइएको छ । स्कूलचौन बजारमा अवस्थित जनहित सहकारीबाट सेफमा राखिएको ५,०७,६१५ रुपैयाँ नगद चोरी भएको बताईएको छ l त्यस्तै गौरादह ५ स्थित चप्रामारीमा रहेको महारानीझोडा बचत तथा ऋण सहकारीको सेवा केन्द्रबाट ८५ हजार र साना किसान सहकारी संस्थाबाट ५४ हजार रकम चोरी भएको छ l पछिल्लो केही समय यता झापामा सहकारी लुटपाटको घटना तीब्र रूपमा बढ्दै गएको छ । केही दिन अघि मात्रै गौरादह वडा नं.९ बैगुनधुरा स्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट १२ लाख नगद चोरी भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय