भोजराज घिमिरे।।दमक अनलाइन
बराहक्षेत्रकाे चतराधाममा पूर्ण महाकुम्भ मेलाकाे तयारी सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्धार चतराधाम कुम्भनगरीमा आयोजना हुन लागेको बाह्बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाकाे तयारी अन्तिम चरणमा पुगेको छ ।नेपाल र नेपालीहरुको सान मान सम्मानसँग जोडिएको विश्वकै पाचौं कुम्भका रूपमा अन्तर्राष्ट्रिय जगतमा नै स्थापित भएको बाह्बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको प्रचरप्रसार नेपाल को सुदूरपश्चिमका दार्चुलादेखि ताप्लेजुङ्गसम्म मात्र नभएर भारत भुटान अमेरिका अष्ट्रेलिया क्यानडा नर्वे बेलायत जस्ता देशहरुमा कुम्भ पुगेको आयाेजकले बताएका छन ।
सम्माननीय राष्ट्रपतिबाट समुदघाटन हुने छ । कुम्भमेलामा उपराष्ट्रपति प्रधानमन्त्री प्रधानन्यायाधीश साथै संघीय सरकारका माननीय मन्त्रीहरू जनप्रतिनिधि त्यस्तै सातै प्रदेशका प्रमुखहरु सभामुखहरु मुख्यमन्त्रीहरु र माननीयहरु सबैलाई निमन्त्रणा भैसकेकाे जगदगुरू बाससन्त महाराजले बताउनु भयो ।
त्यसैगरी भारतको अयोध्या ,बनारस वृन्दावन ,दिल्ली आन्ध्रप्रदेश ,वंगाल विहार , सिक्किम ,दार्जिलिङ्ग, आसाम आदि क्षेत्रबाट जगद्गुरु धर्माचार्य महामण्डलेश्वर सन्त महन्त तथा सरकारका मुख्यमन्त्री पूर्व मुख्यमन्त्री मन्त्रीज्यूहरु एम.एल.ए हरुको पनि उत्साहजनक उपस्थिति हुने आयाेजकले उल्लेख गरेको छ ।
अमेरिका स्थित अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक परिषद्बाट धर्माचार्य श्री भागवतशरण जी महाराज लगायत करिब ५० जनाको टोली (नेपाल) चतराधाम आईसकेको बालसन्त महाराजले बताउनु भयो । नेपाल र नेपालीको छुटै पहिचान कायम गर्न सक्षम रहेको कुम्भमेलामा सहभागी भई पुष्य कमाउन आयोजकको अपिल रहेको छ ।
पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरि १ कराेड भन्दा बढी भक्तजनको मेलामा सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ। मेला चैत २७ देखि वैशाख २८ गतेसम्म लाग्ने छ । मेलामा दर्बिलो सुरक्षा व्यवस्था गरिने आयाेजकले जनाएको छ । धार्मिक तथा पर्यटकीय हिसावले समेत भव्य, सभ्य मानिएको कुम्भ मेलामा नेपाल र भारतका भक्तजनहरु सहभागी हुने भएका छन् ।
अध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा एक महिने पूर्णमहाकुम्भ मेला लाग्ने भएपछि सम्पूर्ण क्षेत्र समेत उत्साहित भएको नेपालमा कुम्भमेलाका परिकल्पनाकार तथा प्रथम जगद्गुरू वालसन्त मोहनशरण देवाचार्यले बताए। उनले कुम्भ मेलाबाट नेपाल र नेपाली बिचको एकता तथा धार्मिक सदभावमा विकाश हुने हुंदा देश विदेश बाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढेर जाने उल्लेख गदै बर्सेने धर्मका नाममा विदेशिने रकम रोकथाम गर्न कुम्भ मेला आवश्यक भएको उल्लेख गरे।
मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका अघि बढेको साथै धार्मिक मेलाका हरेक क्रियाकलापमा बराहक्षेत्र नपा गम्भीरता पूर्वक लागेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
मेलाका लागि सरसफाई, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत तथा सञ्चार सुविधा, शान्ती सुरक्षा तथा विपद जोखिम न्यूनिकरणका लागि पहल भएको साथै मेला अवधीभर चतरामा मदिरा,माछा,मासु विक्री वितरणमा निषेध गरिएको नगरप्रमुख कार्कीले उल्लेख गरे ।
मेलामा नेपाल अधिराज्यभरी तथा विदेशी भुमीबाट समेत दर्शनका लागि आउने भएकाले यसको महत्व अझै बढेर जाने कार्कीको भनाई रहेको छ ।