jQuery(document).ready(function($){ //
});

दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले नव वर्ष २०८१ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दमक नगरवासि आमाबुबा दाजुभाई तथा दिदीबैनीहरूमा सु-स्वास्थ्य दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। नेपालको संबिधान २०७२ को धारा ३१ को उपधारा २ मा शिक्षा सम्वन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि: शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि: शुल्क हुने व्यवस्था रहेको छ। उक्त संबैधानिक व्यवस्थाको कार्यान्वयन गर्ने सन्दर्भमा नगर विद्यालय शिक्षा परिषदको मिति २०८०/१२/०७ गतेको निर्णय शिफारिस तथा दमक नगर कार्यपालिकाको मिति २०८०।१२।२४ गतेको निर्णयानुसार पहिलो चरणमा शैक्षिक सत्र २०८१ वाट यस नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूमा आधारभूत तह ( प्रारम्भिक बाल बिकास देखि कक्षा ५ सम्म) को शिक्षालाई पूर्ण नि: शुल्क गर्ने निर्णय भएको हुदा शैक्षिक सत्र २०८१ बाट कक्षा ५ सम्मका बालबालिकाहरूको अभिवावकहरूवाट कुनै पनि शिर्षकमा शुल्क नलिने नगर प्रमुख थापाले जानकारी दिनु भएको छ। दमक नगरपालिकाको वजार भित्र सिवेज ढलका कारणले जेसिज चौक उत्तर शंखधर चौक हुदै भृकुटी चौक सम्म, फाल्गुनन्द चौक देखि हि.मा.वि. चौक सम्म, देवकोटा चौक देखि उत्तर पुरानो आईओएम सम्म र दमक बसपार्क देखि उत्तर चक्रपथ सम्मको सडक खण्ड भत्किएर अस्तव्यस्त वनाएको तपाई हामि सबैलाई बिदीतै छ। यसवाट पर्न गएको असर प्रति चिन्तित हुदै उक्त सडक खण्डहरूको अविलम्व पुनः निर्माणका लागि दमक नगरपालिकाको बिशेष पहलमा संघीय सघन शहरी तथा ढल निकास विभागवाट सम्वन्धित निर्माण व्यवसायिलाई रकम निकाशा भैसकेको जानकारीमा हुदा सडकहरूको अविलम्व निर्माण थालनी हुने आम नगरवासिहरूलाई नगरप्रमुख थापाले जानकारी दिनु भयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय