
दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईं सहितको खाद्य अनुगमन टोलिले दमकमा रहेको विभिन्न व्यवसायहरुको अनुगमन गरेको छ। अनुगमनको क्रममा दमक-५ बेलडाँगी रोडस्थित बिट्टु टेन्ट हाउसलाई सिल गरि कयौंलाई जरिवाना गराएको छ साथै उक्त अखाद्य सामाग्रीहरुलाइ नेक्स्ट इरा ईनर्जीको सहकार्यमा डिस्पोज गरिएको छ। नगरका जनताको स्वास्थ्य माथी खेलबाड गर्ने कसैलाई पनि छुट नहुने र कानुन बमोजिम कडा भन्दा कडा कार्वाही हुने समेत नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइले जानकारी दिनु भयो।