jQuery(document).ready(function($){ //
});

वैशाख २४ दमक, राष्ट्रीय प्रजातन्त्र पार्टी दमक वार्ड नं ७ ले आज दमक ७ स्थित होटल आनन्द पशुहाटमा बृहत भेलाको आयोजन सम्पन्न गरेको छ ।
कार्यक्रम राष्ट्रीय प्रजातन्त्र पार्टी वार्ड अध्यक्ष बिक्रम सुब्बाको अध्यक्षतामा रहेको थियो भने प्रमुख अतिथि राप्रपा क्षेत्रीय अध्यक्ष निर्वाचित ७ नं वार्ड अध्यक्ष भिम पौडेलको रहेको थियो ।
वार्ड समितिमा बाँकी रहेका नया पदाधिकारी सदस्य थप गरी २१ जना कार्यसमिति लाई पूर्ण रूप दिएको छ । उक्त भेलाले राप्रपा संबद्ध भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ७ नं वार्ड समिति, साथै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन ७ नं वार्ड समिति समेत तयार पारेको छ ।
कार्यक्रमका अध्यक्ष साथै रा प्र यू सं का केन्द्रीय सदस्य समेत रहेका बिक्रम सुब्बाले ७ नं वडालाई अझ सक्रिय, सशक्त र क्रियाशील बनाउन कुनै पनि कमी कमजोरी नराख्ने कुरामा विश्वस्त रहन उपस्थित सबैलाई निवेदन गर्नु भएको थियो ।
राप्रपा दमक नगर अध्यक्ष हेम सुबेदिले, सम्पूर्ण १० वटै वार्डलाई अब व्यवस्थित ढंगले अघि बढ्न र बढाउन सल्लाह दिनु भएको थियो भने राप्रपा लाई दमकमा अग्र स्थानमा आइसकेको र अझ नयाँ र दर्बिलो गुरुयोजना बनाएर अघि भने कुरामा कुनै काम कमजोरी नराख्ने समेत भन्नु भएको थियो ।
नगर सदस्य सम्भुमान कार्की ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो, प्रमुख अतिथि भीम पौडेल ज्यूले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद सहित छोटो भनाइ राख्नु भएको थियो। साथै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर अध्यक्ष रिता थापाले कार्यक्रम लाई सम्बोधन गर्नु भएको थियो । साथै नव निर्मित महिला संगठन लाई खादा अविर लगाएर स्वागत सम्मान समेत गर्नु भएको थियो।
कार्यक्रममा राप्रपा, भातृ संगठनका नेताहरू बासुदेव भट्टराई, सुर्यनारायण शाह, राजकुमार योङ्या, मन बहादुर खवास, कमल कटुवाल, अर्जुन रेग्मी, शेखर खड्का, योगेश दङ्गाल, राजु खड्का, तिर्थ किराँती, रेवत राज भण्डारी, अम्बर कुमाल, मोहन थापा, पदम राउत, मनोहरी घिमिरे, भुवन ढकाल, चन्द्र थापा, बिनोद राई र कुमार बस्नेत आदिको समेत उपस्थिति रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय