हिजो कक्षा १२ को Computer science को परीक्षा चलिरहेको समयमा उक्त विषयको प्रश्नपत्र आउट गरी शंकास्पद रुपमा का.जि., का.म.न.पा.वडा नं.६ स्थित रहेको वेलकम पार्टी प्यालेसको हलमा अनाधिकृत रुपमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा उक्त पार्टी प्यालेसबाट निम्न व्यक्तिहरु नियन्त्रणमा लिई शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान कार्य भई रहेको छ।
क) पक्राउ परेका व्यक्तिहरु:-
१. जिल्ला काठमाडौं का.म.न.पा ६ सरस्वतीनगर कपन बस्ने बर्ष ३८ को माधब त्रिपाठी ।
२. जिल्ला काठमाडौं दक्षिणकाली नगरपालिका वडा नं. ८ बस्ने बर्ष १९ को सबिन पौडेल ।
३. जिल्ला काठमाडौं कागेश्वरी मनहरा बस्ने बर्ष २० को सितेश कुमार यादव ।
४. जिल्ला काठमाडौ कागेश्वरी थली बस्ने बस्ने बर्ष २३ को रोशन रानाभाट ।
श्रोत- जिल्ला प्रहरी परिसर काठमाडौं (फेसबुक पेज)
https://www.facebook.com/photo?fbid=751393110511024&set=a.163610012622673