jQuery(document).ready(function($){ //
});

आज समता स्कुल इटहरीले सम्पन्न विद्यार्थी परिषदमा चुनावका सम्पन्न भएको छ

नर्सरी देखि कक्षा १० सम्मै समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिकसत्र २०८१ का लागि स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका लागि नेपालको लोकतान्त्रिक प्रणालीमा आधारित भै आफ्नो बहुमुल्य मतको सदुपयोग गरि विद्यार्थी परिषद सदस्य चुनावमा उत्साहजनक सहभागिता जनाए।

eHatiya

बिगत ३ बर्ष देखि समता इटहरीका विद्यार्थीहरु निरन्तर रुपमा हरेक शैक्षिकसत्रको सुरुमै परियोजनात्मक कार्यलाई जोड्दै यसरीनै चुनावमा सहभागी भै परिषदका सदस्यहरु चयन गरि बर्षभरी विविध कार्यक्रम समेत संचालन गर्दै आएका छन।

आजै सम्पन्न मतगणना अनुसार स्कुल क्याप्टेनमा कक्षा १० कि सिवानी लम्साल, स्कुल उप कप्तानमा कक्षा १० कै साजन राई, हाउस क्याप्टेनमा Thunder House का लागि कक्षा ८ का धुरुब कुमार अगरिया, Dreamers House लागि कक्षा १० का जुनसन राई, Discovery House का लागि कक्षा १० कि रितिका खड्का तथा Infinty House का लागि कक्षा १० का अभिषेक खतिवडा र कक्षा ३ देखि कक्षा १० सम्म प्रत्येक कक्षाका लागि क्याप्टेन तथा उप क्याप्टेन निर्वाचित भएका छन। निर्वाचित सदस्यहरुले अर्को साता एक कार्यक्रम आयोजना गरि पद तथा गोपनियताको सपथ लिए पछि आ आफ्नो भुमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय