विगत १० वर्षदेखि सम्पुर्ण कक्षामा समान तथा न्युनतम शुल्कमा अङ्ग्रेजी माध्यममा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका लहान-८ का समता स्कुलले आज (Student Council Election 2081)विद्यार्थी परिषद चुनाव २०८१ सम्पन्न गरेका छन् ।
प्रधानाध्यापक कमल सिङ्गतानका अनुसार सबैलाई शिक्षा प्रदान गर्ने र कोहि पनि शिक्षाबाट बन्चित नहोस् भन्ने उदेश्यले याे स्कुल संस्थापक Utam sanjel ले २०५८ सालमा बौद्ध जोरपाटीमा स्थापना गरेका थिए ।
हाल नेपालमा अधिकांश जिल्ला सहित भारत बाङ्गलादेश श्रीलंका जपान म्यानमार्क समेत सञ्चालन भईरहेको छ । विद्यार्थी परिषद चुनावले विद्यार्थीलाई परियोजनात्मक शिक्षा सिकाईमा केन्द्रित भई अध्यापन गराउन सहयोग पुगेको छ ।
यस स्कुलको कक्षाको कप्तान र उप-कप्तान छनौट गर्ने उद्देश्यले चुनाव गरिएको हो ।