jQuery(document).ready(function($){ //
});

मिति २०८१ साल बैशाख ३० गते आईतबार कमल गाउंपालिका वडा नं-१ को आर्थिक बर्ष २०८०/८१ को बिनियोजित सिलिङ बजेट बाट युवा लक्षित नि:शुल्क एक महिने पुरुष हेयर कटिङ तालिम को उद्घाटन कार्यक्रम कमल गा.पा वडा नं-१ को पाराखोपि सामुदायिक भवन मा सम्पन्न भएको छ।
कमल गा.पा वडा नं-१ को आर्थिक सहयोग तथा कर्म ब्युटि सलुन दमक झापाको प्राविधिक सहयोग मा १ महिना सम्म तालिम सञ्चालन हुने छ। कार्यक्रम मा वडा नं-१ का वडा अध्यक्ष केदार कट्वाल प्रमुख अथिति रहनुभएको थियो भने विशिष्ट अथिति मा पाराखोपि मन्कुडांडा टोल विकास संस्था का अध्यक्ष #हेमराज खवास रहनुभएको थियो। तेसैगरि अतिथिहरुमा कर्म ब्युटि सलुन का सञ्चालक #सृजना राई र प्रशिक्षक किरण मगर रहनुभएको थियो।
कर्म ब्युटि सलुन का सञ्चालक जितेनसाङपाङ राईले सञ्चालन गर्नुभएको कार्यक्रम मा उहांले नै कार्यक्रम को औचित्य माथि प्रस्ट पार्नुभएको थियो भने पाराखोपि मन्कुडांडा टोल विकास का अध्यक्ष हेमराज खवास ले स्वागत मन्तब्य राख्नुभएको थियो। मन्तब्य राख्ने क्रम मा प्रमुख अतिथि वडा अध्यक्ष केदारकट्वाल ले यो पुरुष हेयर कटिङ तालिम झापा जिल्ला मै पहिलोपटक कमल गाउंपालिका को वडा नं-१ मा सञ्चालन गरिएको र वडामा रहेका १० वटा टोल विकाश संस्था बाट जम्मा २० जना युवाहरुलाई एक महिना सम्म तालिम गराईने र देशमै स्वरोजगार बन्ने बातावरण सृजना गर्ने कुरा बताउनुभएको थियो।
प्रतिकुल मौसम का बाबजुत पनि उपस्थित मध्येबाट जेष्ठ स्थानिय जनकलाल चौधरिको सभापतित्वमा सम्पन्न कार्यक्रम मा टोल विकाश संस्थाका का पदाअधिकारिहरु तथा स्थानियवासिहरुको पनि उपस्थिति रहेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय