jQuery(document).ready(function($){ //
});

दमक नगरपालिकाको आयोजना र स्थानीय विकास सहकार्य केन्द्र, भद्रपुरको प्राविधिक सहयोग सञ्चालन भएको नमुना नगरसभा अभ्यास कार्यक्रमको अन्तिम दिन आज दमक नगरपालिकाको सभाहलमा नमुना युवा नगर सभाको बैठक भइ सम्पन्न भएको छ । नमुना युवा नगर सभाका नगर प्रमुख लेलिना गौतमको अध्यक्षतामा भएको नमुना युवा नगर सभाको बैठकमा सभाध्यक्ष गौतमले निति तथा कार्यक्रम र नमुना युवा नगर सभाको उपप्रमुख आशिष तिवारीले बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक ऐन प्रस्तुत गरेका थिए । उक्त प्रस्तावहरु माथि छलफल भइ सबै प्रस्ताव सर्वसम्मतले पारित भइ नमुना युवा नगर सभाको बैठक सम्पन्न भएको हो । नमुना युवा नगर सभाको समापन कार्यक्रम दमक नगरपालिकाको सामाजिक विकास समिति संयोजक शारदा सापकोटा भट्टराईको अध्यक्षता, नगर प्रमुख रामकुमार थापा, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीको उपस्थितिमा सम्पन्न भएको छ । औपचारिक कार्यक्रममा सहभागीलाई प्रमाण पत्र बितरण र उत्कृष्ट चार जनालाई अवार्ड समेत प्रदान गरिएको छ । कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले युवालाई नगर सभाको सञ्चालन बजेट तथा निति निर्माण एवं स्थानीय सरकार सञ्चालनका बारेमा यथेष्ठ जानकारी दिने यो कार्यक्रम एकदमै उपयुक्त भएको र यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । यस्तै सामाजिक विकास समिति संयोजक शारदा सापकोटा भट्टराईले दमक नगर सभाकै झल्को आउने गरिको कार्यक्रम भएको साथै नगरमा यत्तिको प्रतिभा देख्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो । सहभागीले समेत यो कार्यक्रमले आफुलाई नगरको कार्यसञ्चालन कानुनी व्यवस्था लगायतका विभिन्न विषयमा धेरै कुरा जान्न पाएकोमा आयोजकप्रति आभार प्रकट समेत गर्नुभयो । नमुना युवा नगर सभाको कार्यक्रम मिति २०८१ जेठ १३ देखि १६ गतेसम्म भएको हो ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय