झापाको दमकबाट लागुऔषध ब्राउनसुगर र नदगसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । झापा दमक नगरपालिका वडा नं.४ वस्ने वर्ष ४८ की गायत्रा गौतमले लागु औषध विक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा लागू- औषध नियन्त्रण व्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कानुनि रित पुर्याई निजको शरीर तथा घर कोठाहरु खानतलासी लिदा निजले बट्टा भित्र लुकाई राखेको प्रतिबन्धित लागूऔषध खैरो हिरोईन ९ ग्राम ५३० मिलिग्राम र निज सुत्ने बेडको सिरानी मुनी राखेको बिभिन्न दरका नेपाली नोटहरु रु.३,३६,४००/-, ITEL कम्पनीको मोवाइल १ थान फेला परेकोले नियन्त्रण लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको ।गौतमलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ l
ADVERTISEMENT