jQuery(document).ready(function($){ //
});

किशाेर निराैला

मधुमल्ला एतिबेला पुर्बी तराई झापा मोरङ सुनसरि जिल्लाकाे तापक्रम दिनहुँ बढ्दै गइरहेको बेला प्रचण्ड गर्मी अनि तातो हावा चल्दै आएका कारण मोरङ र यस आसपासको क्षेत्रको जनजीवन अस्तव्यस्त नै बन्नेगरेकाे छ। गर्मीले आकुलव्याकुल हुँदा झापा बिर्तामोड दमक धुलाबारि ईलामकाे चुलाचुलि मोरङ्को उर्लाबारी बिराडनगर रंगेलि ईटहरि सहरी क्षेत्रका मानिस गर्मी छल्न अचेल उतरि मोरङ्को मिक्लाजुङ वाड न:१ रमिते पुग्ने गरेका छन्। झापा सुनसरि मोरङ आसपास मानिसका लागि गर्मी छल्न र घुमफिर गर्न रमिते अब नयाँ गन्तव्य बन्दै गइरहेको छ। मधुमल्ला बाट सडक बनेपछि सिदै टाडि चाैतारा हुँदै अचेल मानिसहरू घुमफिर गरी रमाइलो गर्न र गर्मीका बेला शीतलताको आनन्द लिन अचेल रमिते जान थालेका छन्। अईले मानिसहरूकाे राेजाई बन्दै गरेकाे मुख्य पर्यटकीय स्थलका रूपमा स्थापित हुँदै आएको रमितेकाे बतासे डाडा बैखुन्डे बजार प्राकृतिक रूपमा निक्कै मनोरम छ। चिसाे हावा र हुसुसंगै , हरियाली जंगल र पहाडले सिंगारिएको रमिते पुग्ने जोकोही पनि आनन्दित हुन्छन्। मोरङ्को मिक्लाजुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य वडा नं. १ आइतबारेमा चैत्र महिना बाट द टेण्ट टाउण्ड एण्ड होम स्टे सञ्चालनमा आएपछि। उक्त होम स्टेमा स्थानीय रैथाने खानाका परीकारहरुको साथमा स्थानीय स्तरमा उत्पादीत अर्गानिक उत्पादनले आन्तरीक तथा बाह्य पर्यटकको मन लोभ्याउदै आएकाे छ ६ जना युवाहरुको लगानीमा करीब एक करोड ५० लाखको लगानीमा होम स्टे सञ्चालन गरिएकाे अर्का सञ्चालक बबीना चेम्जोङले बताउनु भयो । समुन्द्री सतहबाट करिब एक हजार चार सय ५० मिटरको उचाइमा रहेको उक्त स्थानलाई पछील्लो समय पुर्वको श्री अन्तु र भेडेटार जस्तै ठाउँको रुपमा तुलाना गर्न थालीएको छ । शिर शिर चीसो हावा र चीसो १२ है्र महीना जाडो मौषम रहनु यस ठाउँको विशेषता हो । द टेण्ट टाउण्ड एण्ड होम स्टेमा एक रात बस्नका लागी न्युनतम पाँच सय देखी पाँच हजार पाँच सय सम्मको ( होम टेण्ट, ग्रुप टेण्ट, र फेमीले टेण्ट) को व्यवस्था रहेको छ । उत्त स्थान बाट इलामको श्रीअन्तु बाट जस्तै राम्रो शुर्यदोय र सुर्य अस्तको दृष्यावलोकन गर्न सकिन्छ । यस्तै सोही स्थान बाट पुर्व नेपालका तराइका हरिया फाँटहरु मधुमल्ला, उर्लाबारी, दमक, बिर्तामोड देखी इटहरी सम्मको दृष्याअवलोकन गर्न सकिन्छ । यो स्थानमा एक पटक आउने मानीस पुन यस ठाउँको हावा पानी र वातवरणले लोभ्याउने भएकाले पुन पटक पटक गरेको पाइन्छ । गर्मी छल्न आन्तरीक तथा बाह्य पर्यटकहरु बाक्लो मात्रामा आउने गरेको तर उचीत बस्ने स्थानको अभावलाई निवारण गर्ने उदेश्यले यो होम स्टेलाई व्यवस्थीत रुपमा सञ्चालनमा ल्याइएको सञ्चालक बबीता चेम्जोङले बताउनु भयो । द टेण्ट टाउण्ड एण्ड होम स्टे मा पिकनीक स्पटको, बच्चाहरुका लागी खेलौनाका सामग्रीहरुको समेत व्यवस्था गरीएको छ । उर्लाबारी किशान चोक टाँडी रमीते सडक निर्माण सम्पन्न भए संगै उक्त स्थानमा आन्तरीक र बाहिय पर्यटकहरु आउने क्रम बढेको बताइएको छ । मधुमल्ला बाट द टेण्ट टाउण्ड एण्ड होम स्टे सम्मको दुरी करीब १८ कीमी रहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

 

No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय