दमक नगरपालिकाको पूर्व र पश्चिम तर्फ रहेको रतुवा र मावा खोलाको नदीजन्य सामग्रीको संकलन तथा बिक्री कार्यका लागि वातावरणीय प्रभाव मूल्याङ्गन (IEE) को कार्य भइरहेको हुँदा ठेक्का वन्दोवस्त भइनसकेकाले अर्को व्यवस्था नभएसम्म मिति २०८१ साल जेष्ठ ३२ गते “सूर्यास्तदेखि उल्लेखित खोलाहरुबाट कुनै पनि किसिमका नदीजन्य सामग्री – उत्खनन्, संकलन तथा बिक्रीको कार्य बन्द गरिएको छ । सूचनालाई अटेर गरी आफू खुसी नदीजन्य सामग्री उत्खनन् तथा संकलन गरी ओसार- पसार गरेको पाईएमा तोकिए बमोजिमको जरिवाना भई कानूनी कार्वाही हुने व्यहोरा सम्वन्धित सवैमा जानकारी गराईन्छ ।
दमक नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, दमक झापा