jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे ।।पथरी शनिश्चरे, असार २७
अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।
नगरपालिकाको सभाहलमा आज २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक ट्रेड युनियन साथै वडा कार्यालबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने समेत भेलाले पारित गरेको हो ।
कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता तथा स्वागत मन्तव्य श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीमकुमार राईले राख्नुभएको थियो । यस्तै वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, क्यूपेक नेपाल मोरङ जिल्ला कोषाध्यक्ष दिनेश लावतीले आ–आफ्ना कुरा राख्नुभएको थियो । निक्कै उत्साहित रुपमा उपस्थिति जनाएका श्रमिकहरुले परिचयपत्र र सदस्यता प्राप्त गरेपछि खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लेखा शाखा प्रमुख पिताम्वर वस्ती, योजना तथा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी शिवकुमार रार्ई, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, जीवन खतिवडा, नैना राई लगायतको उपस्थिति रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय