jQuery(document).ready(function($){ //
});
मोरङ र झापा जिल्लाहरुको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मोरङको उर्लावारी नगरपालिका-९ स्थितमा मे ९ प ५५७५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक दमक नगरपालिका-१० का २२ बर्षीय रोशन भट्टराई र पछाडि सवार २२ बर्षीय धनराज रिजाल घाईते भई उपचारको लागि अरनीको अस्पताल उर्लावारी लगेकोमा अस्पताल पुर्याउनासाथ धनराज रिजालको मृत्यु भएको हो भने घाईते चालकको सोही अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी झापाको झापा गाउँपालिका-३ स्थितमा हिजो दिउँसो प्रदेश १-०१-०१६-१६१२ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक स्थानिय ५४ बर्षीय निजामुदिन मियालाई विर्तासिटि अस्पताल विर्तामोड पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए भने पछाडी सवार उनका १४ बर्षीय छोराको सोही अस्पतालमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुले थप अनुसन्धान गरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय