२०८० माघबाट कोशी प्रदेश सरकारले दश वर्ष मुनिका बालबालिको निःशुल्क उपचार कार्यक्रम सुरु गरेको जसको कार्यान्वयनका लागि प्रदेश सरकारले दमकको किओच दमक बाल अस्पताल सहितका अस्पतालसँग सम्झौता गरी अस्पताल मार्फत उक्त कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत किओच अस्पतालबाट ११६६ जना बालबालिकाले निःशुल्क उपचार सुविधा लिएका छन् ।
सुरु भएको यो कार्यक्रमलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले दश वर्ष मुनिका बालबालिकाहरुलाई नि:शुल्क विशेषज्ञ चिकित्सकिय सेवा सम्बन्धी मापदण्ड २०८० जारी गरेको छ । उक्त मापदण्डको व्यवस्था अनुसार किओचले नब्बे लाख सन्तानब्बे हजार अठासी रुपैंया मागदाबी सरकारले ६८.६ प्रतिशत मात्र अर्थात चौसठ्ठी लाख अठ्ठाइस हजार छ सय छ रुपैंया मात्र भुक्तानी गरेको छ । यसरी दाबी रकम र भुक्तानी रकम फरक परेकाले कतिपय सञ्चार माध्यमले फर्जी बिल जारी गरेको भन्ने सामाचार प्रकाशन गरेकाले अस्पतालले आज पत्रकार सम्मेलन गर्दै उक्त विषयलाई स्पष्ट पारेको छ ।
प्रदेश सरकारले स्वास्थ्य बिमाको रेट अनुसार भुक्तानी गर्ने सम्झौता भएकाले अस्पतालले आफ्नो सफ्टवेयर परिमार्जन गरी प्रदान गरेको सेवा वापत मापदण्ड वमोजिम नै दावि गर्ने गरिएको तर कतिपय अवस्थामा बिमाको दरभन्दा कम दावी भएकाले समेत भुक्तानी नभएको, कतिपय केसमा बिमा कै भुक्तनी प्रणालीमा सुधार गर्नुपर्ने सहमती समेत भएको जनाएको छ । Real Time Claims Approval प्रणाली लागु नभएसम्म दावी र भुक्तानीमा केही फरक हुन सक्छ जसले सामान्यतया अस्पताललाई नै घाटा हुने गर्दछ । दावी रकम र भुक्तानी रकममा फरक हुनु मात्रले फर्जी बिल नै हो भन्नु दुराशयपूर्ण भएको अस्पताले जनाएको छ । सञ्चार माध्यममा आएको जस्तो कुनै पनि फर्जि बिल पेश नगरेको तथा उपचार गरेको वास्तविक बिल अनुसार नै भुक्तानीका लागि पठाइएकोमा बिमाको प्रकृयामा र दावी अध्ययनको प्रकृयामा भएका कमजोरीका कारणले अस्पताललाई कम भुक्तानी भएको हो र यस विषयमा सुनयोजित तरीकाले भ्रम नछर्न अस्पतालले भनेको छ । साथै अस्पतालले आगामी दिनमा समेत सरकारसँगको सहकार्य स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्ने जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024: दमक अनलाईनमा सर्वाधिकार सुरक्षित छ. | विज्ञापन | सम्पर्क | हाम्रो बारेमा | लोक सेवा बिज्ञापन
Developed by: Damakonline