दमक २ स्थित लक्ष्मण बिष्टको गोठबाट गर्भवती गाई चोरी गरी बिभत्स हत्या गरेको बिषयलाई लिएर राप्रपा दमक नगर समिति र ब्रह्मण समाज नेपाल र श्री वैदिक सनातन धर्म संरक्षण समिति झापाले बुधबार बिज्ञप्ति जारी गरी हत्यामा संलग्न अपराधीलाई सार्वजनिक गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । बिज्ञप्तिमा भनिएको छ– “हिन्दू धर्मावलम्बीहरुको बाहुल्यता रहेको हाम्रो मुलुकमा गाईलाई गौ माता मानी पूजा गरिन्छ भने गाई नेपालको राष्ट्रिय जनावर समेत हो । गाई गोरु काट्नु सामाजिक मात्र नभई कानुनी अपराध हुन् । यी सबै कुरा जान्दाजान्दै पनि यस्तो जगन्य अपराध गरी सामाजिक सद्भाव भड्काउन केही तत्वहरु सक्रिय रुपमा लागेको पाइन्छ । यो कानुनको ठाडो उल्लंघन मात्र होइन समस्त ओमकार परिवार माथिको आस्था प्ति निर्मम प्रहार पनि हो । यस्ता अराजक गतिविधिले मिलेर बसेको हाम्रो समाजलाई आतंकित मात्र होइन निर्मम प्रहार पनि हो ।
दमक १ स्थित पाङमी चोक नजिकै विश्वकर्मा वावा मन्दिर छेउको खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा लक्ष्मण विष्टको गोठमा बाँधी राखेको गर्भिणी गाईको भदौ १८ गते राती गौ हत्या भएको थियो ।
अज्ञात समुहले स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २ सय मिटर नजिकै प्लटिङको खाली जमिनमा बन्चरो हानेर गाई मारेको पाइएको हो । घटनास्थलमा प्रहरी र जनप्रतिनिधि सहित स्थानीयहरु बिहानैदेखी ठूलो सङ्ख्यामा भेला भएका थिए । प्रारम्भिक अनुसन्धानमा हत्या गरी खुन र घाँटी, गर्धनको मासु काटेर लगेको अवस्थामा गौ फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।
बिज्ञप्ति
ताजा समाचार
लोकप्रिय
© 2024: दमक अनलाईनमा सर्वाधिकार सुरक्षित छ. | विज्ञापन | सम्पर्क | हाम्रो बारेमा | लोक सेवा बिज्ञापन
Developed by: Damakonline