
झापाको दमक नगरपालिका २ बस्ने लछुमन बिष्टको गोठमा बाँधी राखेको गाईलाई चोरी गरी हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बेलडागी स्थित भुटानी शरणार्थी शिविरका ४४ वर्षिय प्रेम बहादुर बिष्ट, ३८ वर्षिय खगेन्द्र दुलाल, ३२ वर्षिय बिधान थापा र दमक ४ की ४५ वर्षिय गिता श्रेष्ठलाई पक्राउ गरेको हो ।




