
सुनसरी, भदौ २८ गते ।
सुनसरीको कोशी गाँउपालिका-६ हरिपुर स्थितमा बेवारिसे अवस्थामा रहेको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । भदौ २७ गते इलाका प्रहरी कार्यालय भण्टाबारी र प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा बोरामा राखेको ८ सय ४६ किलोग्राम गाँजा फेला पारेको हो । बरामद भएको गाँजाको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट अन्य थप अनुसन्धान भईरहेको छ ।
