भोजराज घिमिरे
झापा, दमक – झापाको दमकमा सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। इलामको माई नगरपालिका–५ का २६ वर्षीय कमल बुर्जामगरको घटनामा ज्यान गएको हो।
बुर्जामगर दमक नगरपालिका–८ स्थित डेरामा बस्दै आएका थिए। घटना मंगलबार बिहान ९ः३० बजे भएको बताइएको छ। सीटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट हुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तुरुन्तै दमक अस्पताल लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारको लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याइएलगत्तै, बिहान ११ः२३ बजे चिकित्सकहरूले बुर्जामगरलाई मृत घोषित गरेका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा विद्युत सर्टका कारण करेन्ट लागेको हुनसक्ने अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।