jQuery(document).ready(function($){ //
});

-भोजराज घिमिरे –
कोशी प्रदेशमा लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, र डुबानले ठूलो जनधनको क्षति भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यस प्राकृतिक विपत्तिमा अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।

प्रहरीले दिएको जानकारीअनुसार पाँचथरमा ५ जनाको मृत्यु भएको छ भने सोलुखुम्बुमा २ जना, धनकुटामा २ जना, र इलाममा १ जनाको मृत्यु भएको छ। पहिरो तथा बाढीमा परेर पाँचथरमा ६ जना, झापामा ३ जना, र मोरङमा १ जना बेपत्ता भएका छन्। खोजी कार्य जारी छ।

eHatiya

शनिबार दिउँसो सोलुखुम्बुको टाप्टिङमा गएको पहिरोले दुई जनाको ज्यान लिएको छ। सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङका टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनकी छोरी कविता मगर (३०) र बुहारी रूपु मगर (४१) को मृत्यु भएको छ। सो घटनामा एक जना गम्भीर घाइते भएका छन् भने उद्धारमा कठिनाइ भइरहेको छ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको ज्यान गएको छ। आमा-छोरी पहिरोले पुरिएको घरमा डेरा बस्दै आएका थिए।

बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको भए पनि अविरल वर्षाका कारण समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय