jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे

असोज १६ गते, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा जिल्ला उदयपुर रौतामाई गाँउपालिका वडा नं. ७ मुर्कुचीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । रौतामाई गाँउपालिकाका अध्यक्ष श्री विरेन्द्र कुमार मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, रौतामाई गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष, नमुना माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न बिद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, संचारकर्मी तथा स्थानीय मानिसहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रहरी निरीक्षक सन्तोष कार्कीले उपस्थिति महानुभावहरुलाई स्वागत तथा कार्यक्रमको उदेश्य र औचित्य तथा प्रहरी र नागरिकको प्रगाढ सम्बन्धका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले उठान भएका सवालहरूलाई संबोधन गर्दै उपस्थिति महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिले उदयपुर प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा वहन गरेको भूमिका    को प्रशंसा गर्दै गाँउपालिकाको सदैव साथ सहयोग रहने प्रतिवद्धता र नागरिकहरुले समेत कर्तव्य बोध गर्नु पर्ने मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय