
भोजराज घिमिरे
विराटनगर, असोज १९ – विराटनगर महानगरपालिका–१८ लवाघाटका ६० वर्षीय श्याम साहको ट्रकको ठक्करबाट मृत्यु भएको छ। मोरङ प्रहरीले दिएको जानकारी अनुसार, बिहीबार साँझ पौने ७ बजेतिर विराटनगरबाट आइसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले साहलाई ठक्कर दिएको थियो। ट्रकले साइकलमा सवार साहलाई ठक्कर दिएपछि टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते भएका साहलाई तत्कालै उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय रानीको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने फरार भएका ट्रक चालकको खोजी कार्य तीव्र पारिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।.
Kilat333 merupakan situs slot gacor akun dana gampang maxwin!