भोजराज घिमिरे सुनसरी, बराहक्षेत्र
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा नवनिर्मित प्रहरी चौकी बराहक्षेत्रको भवन भव्य समारोहबीच उद्घाटन गरिएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुँवेर खापुङ र बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा डीआईजी खापुङले धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्रमा प्रहरी चौकी निर्माणमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै नयाँ भवनले शान्ति, सुरक्षा र अपराध नियन्त्रणका सेवाहरू थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। ३ करोड १९ लाख लागतमा अत्याधुनिक भवन निर्माण भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक हरि डंगोलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, ३ करोड १९ लाख ४९ हजारको लागतमा अढाई तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो। भवनमा कार्यालय कक्ष, भान्सा घर, र शौचालयजस्ता आधारभूत र आधुनिक सुविधाहरू छन्। भविष्यमा उत्कृष्ट सेवा प्रवाहको अपेक्षा कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नयाँ भवनबाट प्रहरी सेवाहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे। उपप्रमुख सुनुवारले पनि शुभकामना व्यक्त गर्दै नगरपालिकाले शान्ति सुरक्षा मजबुत बनाउन सदैव सहकार्य गर्ने बताइन्। यो भवन निर्माणले बराहक्षेत्र क्षेत्रको प्रहरी सेवामा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ।
ताजा समाचार
लोकप्रिय
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd





