ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाममा शनिबार वृहत् सरसफाइ कार्यक्रम मार्फत करिब एक हजार किलो फोहोर संकलन गरि व्यवस्थापन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा भएको यस कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सशस्त्र प्रहरीबल १ नम्बर गुल्म कञ्चनजंघा ताप्लेजुङका प्रहरी नायव उपरिक्षक नरेश महर्जन, दुर्गादल गुल्मका गुल्मपति ब्रिकम खड्का, नेपाल प्रहरीका प्रहरी निरिक्षक विवेक बस्नेत, पाथीभरा क्षेत्र विकास समितिका सदस्य तेजबहादुर भट्टराई, पृथ्वीमान पालुंवा, कार्यकारी निर्देशक प्रजिन हाङबाङ, तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी, समितिका कर्मचारी, फेदीका स्थानीय लगायत सहभागी हुनुभएको थियो ।







