jQuery(document).ready(function($){ //
});

दमक: मंसिर ७, झापाको दमक नगरपालिका वडा नं. ९ क्याम्पस मोड र शान्तिमार्ग सडकखण्डमा ट्राफिक नियमसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम श्रेष्ठ मोबाइल केयर र दमक बन्दको आयोजनामा र ट्राफिक प्रहरी कार्यालय दमक, झापाको सहकार्यमा सम्पन्न भएको हो।  स्थानीय क्षेत्रका जनताको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रमको मुख्य उद्देश्य पैदलयात्रीका लागि सडक पार गर्ने सुरक्षित स्थान उपलब्ध गराउनु र ट्राफिक दुर्घटनाको जोखिम कम गर्नु हो।  कार्यक्रममा स्थानीय बासिन्दाको समेत उत्साहजनक सहभागिता रह्यो। आयोजक प्रतिनिधिले भने, “जेब्रा क्रसिङ निर्माणले सडक सुरक्षा मात्र होइन, समाजमा जिम्मेवार नागरिकको भूमिका बढाउन मद्दत गर्नेछ।” यस अवसरमा ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरूले पनि सडक सुरक्षाका महत्त्व र जिम्मेवार ट्राफिक आचरणबारे जनचेतना जगाउन आग्रह गरेका थिए। यो कार्यक्रमले दमक नगरपालिकाभित्रका अन्य स्थानहरूमा यस्ता सकारात्मक गतिविधि सञ्चालन गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय