

हिमाली जिल्ला ताप्लेजुङमा अबस्थित प्रसिद्ध तिर्थस्थल पाथिभरा सहित अन्य क्षेत्रमा हिमपात शुरु भएको छ ।
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ। पाथीभरा मन्दिर तीन हजार ७९४ मिटरको उचाइमा पर्छ । शुक्रबार दिउँसोदेखि नै हल्का वर्षासहित पाथीभरा क्षेत्रमा हिउँ परेको हो ।शुक्रबार हिमपात शुरु भएको हो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् ।
हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । दुई हजार ५०० मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोका कारण बढी प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मकरूपमा चिसो बढेको स्थानीयवासीको भनाइ छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd