jQuery(document).ready(function($){ //
});

इटहरीको समता स्कुलले काठमाडौं, पोखरा, झापा, इलाम, बिराटनगर, धरान, धनकुटा, उर्लाबारी, इटहरी लगायत पूर्वका ४७ जना कवि/साहित्यकार लाई आमन्त्रण गरि बृहत एकदिने साहित्य उत्सव आयोजन गर्न लागेको हो। विद्यार्थीहरुमा भाषा सहित्यको रुचि घट्दै गएको वर्तमान अवस्थामा शिक्षक, विद्यार्थी एवम अभिभावकमा भाषा साहित्य प्रती अझै बढी रुचि जगाउँदै यसको नेपाली साहित्यको प्रबर्द्धन गर्ने उद्धेश्यका साथ समता स्कुल पूर्वी कन्सर्टियमको आयोजनामा कार्यक्रम हुने भएको हो। सोही अवसरमा समता स्कुलका विद्यार्थीहरु बिच अन्तर समता कविता वाचन प्रतियोगिता पनि संचालन हुने भएको छ। आयोजक समता स्कुल पूर्वी कन्सर्टियमका प्रमुख सन्तोष श्रेष्ठका अनुसार कार्यक्रममा दमक, इलाम, लहान, बिराटनगर, इटहरी, भोजपुर, गाईघाट, फिदिम, ताप्लेजुङ, म्याङ्लुङ मा संचालित समता स्कुलका कक्षा ६ देखि माथीका विद्यार्थीहरुको सहभागिता रहने छ। २०७६ सालमा पहिलोपटक सम्पन्न भएको साहित्य उत्सवको दोस्रो संस्करण गत बर्ष इलाममा भएको थियो। साहित्य उत्सवको यो संस्करण “शब्द, सृजना र प्रेरणाको उत्सव – समता साहित्य उत्सव” को नारा सहित आयोजना हुन लागेको हो भने कार्यक्रमको संयोजक इलामका वरिष्ठ कवि बिमल बैद्य हुन् । समता स्कुल पूर्वी कन्सर्टियमले विद्यार्थीको चौतर्फी बिकासका लागि हरेक बर्ष शैक्षिक, साँगीतिक तथा खेलकुदका अन्तर जिल्ला प्रतियोगिता हरु आयोजना गर्दै आएको छ।

 

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय