jQuery(document).ready(function($){ //
});

दमक/ दमक नगरपालिकाको १५ औं नगरसभाले नगरपालिका लाई तिर्नु बुझाउनु पर्ने राजश्व नवुझाउने, सम्वन्धित नगरवासी सवैलाई करको दायरा भित्र ल्याउने नीति निर्णय गरेको र दमक नगरपालिकाको मिति २०८१।०८।०७ गते बसेको कार्यपालिकाको बैठकले स्वीकृत गरेको कार्य योजना अनुसार मिति २०८१।०८।१७ गते देखि मिति २०८१।०९।११ गतेमा वडा नं. १, र वडा नं. ७ मा राजश्व अशुली तथा व्यवसाय अनुगमन सम्पन्न भएको छ । पौष १४ गते देखि वडा नं. ८. बाट क्रमशः अभियान संचालन हुनेछ । नगरवासी करदाता महानुभावहरु, नगर क्षेत्र भित्र नियमित रुपमा राजश्व बुझाई आफ्‌नो व्यवसाय संचालन गरिरहनु हुने व्यवसायीहरु प्रति हार्दिक सम्मान प्रकट गर्दै बा देखी व्यवसाय सन्चालन गरी नगरपालिकामा दर्ता नभएका, समयमा दर्ता नविकरण नगरेका व्यवसायीहरु लाई दर्ता तथा नियमित रुपमा नविकरण गरी व्यवसाय संचालन गर्न हुन अपिल गर्दछौ । कोही व्यवसायीले नियमित कर राजश्व बुझाउने र कोही व्यवसायीले समयमा नै करको दायरामा नआउदा राजश्व सन्तुलन व्यवस्थापनमा कठिनाई भई नगर बिकासमा प्रत्यक्ष असर पर्ने भएकोले सवै व्यवसायीलाई एकरुपता कायम गर्नु नगरको दायित्व समेत भएकोले कर राजश्व संकलन तथा सवै व्यवसायीलाई करको दायरमा ल्याउन कानुन बमोजिम दण्ड, जरीवाना साथै आवश्यक कार्वाही गर्नु पर्ने अवस्था रहन्छ । यस आर्थिक बर्षमा धेरै पटक विभिन्न माध्यम बाट राजश्व तिर्न बुझाउन नगरपालिका वाट अनुरोध भइरहेको छ । करदाताहरु बाट समयमा कर राजश्व अशुली नहुदा नगरका विकास निर्माण लगायत नगरवासीको सवै सेवा सुविधामा प्रत्यक्ष असर गर्ने हुदा समयमा नै सचेत भई कर, राजश्व बुझाउन पुनः अनुरोध छ । नगर विकास र समृद्धिका लागि यहांको सहयोग र साझेदारीको अपेक्षा सहित समयमा नै नियमित रुपमा राजश्व बुझाउनु हुन हार्दिक अनुरोध गर्दछौ । हाल संचालन भई रहेको राजश्व संकलन तथा व्यवसाय अनुगमन अभियानको प्रगती बिवरण यस प्रकार रहका छ ।

वार्ड नम्बर १ र ७ अन्तर्गत ५८६ वटा व्यावसाय अनुगमन गरिएको मा १२५ वटा नया व्यावसाय दर्ता भएका छन् , १४७ वटा व्यावसाय नवीकरण भएका छन् , १८४ वटा लाई राजस्व असुलीका लागि पत्राचार गरिएको छ , ११७ वटा व्यावसायले नियमित राजस्व बुझाउने गरेको पाइएको छ भने उक्त कार्य बाट ९,२६,२६७/- राजस्व संकलन भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय