jQuery(document).ready(function($){ //
});

– भोजराज घिमिरे –
गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवा गरेको छ। काठमाडौं, मोरङ, कैलाली, सुनसरी, झापा, सर्लाही, र सल्यानका सिडिओहरूको स्थानान्तरण गर्दै नयाँ जिम्मेवारी तोकिएको छ।

मोरङका सिडिओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। उनको स्थानमा सुनसरीका सिडिओ इन्द्रदेव यादवलाई नियुक्त गरिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

काठमाडौंका सिडिओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिँदा, ऋषिराम तिवारीलाई काठमाडौंको नयाँ सिडिओ बनाइएको छ।

कैलालीका सिडिओ धर्मेन्द्रकुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई कैलालीको सिडिओमा पठाइएको छ।

सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएसँगै झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई पनि गृह मन्त्रालयमा स्थानान्तरण गरिएको छ। झापाको सिडिओमा सर्लाहीका गोपालकुमार अधिकारीलाई पठाइएको छ।

सर्लाहीको सिडिओमा तुलसीबहादुर श्रेष्ठलाई पठाइएको छ भने सल्यानका सिडिओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। सल्यानको सिडिओमा दाङकी सहायक सिडिओ शावित्रा पुनलाई जिम्मेवारी दिइएको छ।

यस सरुवाबाट प्रशासनिक कार्यक्षमता वृद्धि हुने र जिल्लामा नयाँ नेतृत्वले प्रभावकारी काम गर्ने अपेक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय