jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे – मोरङ, बुढीगंगा गाउँपालिका–४ नेमुवामा कोशी राजमार्गअन्तर्गत सवारी चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ जाँच गरिएको छ। सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि आयोजित यो कार्यक्रम मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सवारी साधन दैनिकी सहज बनाउन महत्त्वपूर्ण भए पनि सवारी दुर्घटना ठूलो चुनौती बनेको बताए। उनले पछिल्लो तथ्यांकअनुसार धेरैजसो दुर्घटनाका कारण चालकको लापरबाही भएको प्रस्ट पारे।

स्वास्थ्य परीक्षण शिविरका क्रममा ५५ जना सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको थियो। साथै, ११ जना चालकले लागुपदार्थ सेवन गरेको पाइएपछि उनीहरूलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए। कार्यक्रममा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी विनोद घिमिरेलगायत अधिकारीहरूको उपस्थिति थियो। जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, बुढीगंगा गाउँपालिका, र विराट टिचिङ अस्पतालको सहकार्यमा आयोजित यो शिविरले चालकहरूको स्वास्थ्य परीक्षण गर्दै सडक सुरक्षा सुनिश्चित गर्ने प्रयास गरेको हो।

eHatiya

कार्यक्रममा डीआईजी अधिकारीले नियमित स्वास्थ्य परीक्षणको महत्त्व जोड्दै स्वस्थ चालक मात्र सुरक्षित यात्राको आधार भएको उल्लेख गरे। यो पहलले सडक दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय