jQuery(document).ready(function($){ //
});

–भोजराज घिमिरे — माघ १ – राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले नेपाली समाजमा सहिष्णुता, बन्धुत्व, र एकता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ पार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

माघे सङ्क्रान्ति पर्वका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, र समृद्धिको कामना गरेका छन्। उनले यो पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य, सुसंस्कृत, र समतामूलक समाज निर्माण गर्न प्रेरणा दिने बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

राष्ट्रपतिले नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले मनाउने यो पर्वले मुलुकको सांस्कृतिक विविधतालाई झल्काउने बताएका छन्। थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् भने तराईवासीले यसलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्।

यस अवसरमा बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायतका पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने चलन रहेको छ। पर्वका अवसरमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, र खिचडी खाई परिवारसँग रमाइलो गर्ने परम्पराले यस पर्वलाई अझ विशेष बनाएको राष्ट्रपतिको भनाइ छ।

राष्ट्रपतिले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र आपसी मेलमिलापको भावना फैलाउँदै राष्ट्रिय पहिचानलाई विश्वमाझ परिचित गराउने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपतिका अनुसार यस्ता मौलिक र सांस्कृतिक महत्वका चाडपर्वले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय