jQuery(document).ready(function($){ //
});

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

कमलनगर जेसीजको १० औँ वार्षिक साधारण सभाबाट शनिवार कमल गाउँपालिका-१ स्थित कमल पोखरी सामुदायिक भवनमा सम्पन्न निर्वाचनबाट वर्ष २०२५ को लागि अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित भएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी मनिषा कठायत र जेसी रोसन अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी डिजा घिमिरे, जेसी अर्चना कार्की, जेसी मिलन पौडेल र जेसी कमल कटुवाल तथा तालिम निर्देशकमा जेसी भूमिका चापागाई र जनसम्पर्क अधिकारीमा भिम कुमारी बस्नेत (रञ्जना) निर्वाचित भएको वर्ष २०२५ का निर्वाचन आयुक्त जेसी नारायण बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय