jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे –
मोरङ चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्र देव यादवलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम मोरङ चेम्बर अफ कमर्सको सभाकक्षमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यादव थिए भने सभापतित्व मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा चेम्बरका अध्यक्ष पोखरेलले व्यापार व्यवसायको क्षेत्रमा देखा पर्ने समस्याहरू समाधान गर्न जिल्ला प्रशासनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। अध्यक्ष पोखरेलले प्रमुख जिल्ला अधिकारी यादवको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै संघको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने कुरा पनि उल्लेख गर्नुभयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रमुख अतिथि यादवले चेम्बरसँग सहकार्य गर्दै स्थानीय व्यापारिक समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले व्यापार व्यवसायको विकासमा संघको भूमिकाको प्रशंसा गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्न सधैं तयार रहने आश्वासन दिनुभयो।

कार्यक्रममा संघका वरिष्ठ पदाधिकारीहरू, सल्लाहकार शिवप्रसाद रिजाल, कृष्ण दाहाल, मनोज मिश्रा, हरिबहादुर श्रेष्ठलगायत महिला समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यस्तै, पूर्वाञ्चलका डिन डा. सन्देश दास श्रेष्ठको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा संघका तर्फबाट मोरङ चेम्बर अफ कमर्सको भूमिका र आगामी योजना प्रस्तुत गरियो। प्रमुख जिल्ला अधिकारी यादवले व्यावसायिक समुदायको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने र सम्बन्धित पक्षसँग समन्वय गरी सहकार्यलाई अझै सुदृढ बनाउनेमा जोड दिनुभयो।

व्यापारिक क्षेत्रमा देखिने चुनौतीहरू समाधान गर्न यस्तो सहकार्यले थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय