दमक अनलाइन , धार्मिक खबर
नेपाल एक देवभूमि हो अनि यहाँ सधै देवता को बास रहेको हुन्छ भन्ने लोकमान्यता एवं शास्त्रीय तर्क समेत रहेको छ।नेपालमा पछिल्ला समय धेरै किसिमका यज्ञहरु भैरहेका छन्। उसो त् यति बेला उत्तरायण लागे देखि यज्ञहरु को मार्ग प्रसस्त हुन्छ। अहिले देवघाटमा बृहत महायज्ञ चलिरहेको छ भने अन्य स्थानहरुमा पनि उतिकै यज्ञहरु चलिरहेका छन। तर हाम्रो धर्म , संस्कार , संस्कृति अनि यज्ञ को बिषयमा समय समयमा विभिन्न बहस र बिबाद भने चल्ने गरेको नै छ। त्यस्तै अहिले सामाजिक संजालमा अत्याधिक बहस को कुरा बन्न पुगेको छ नेपाली लोकगायिका बबिता बानिया उर्फा जेरी वा नव न्वारन गरिएकी योगमाया शखी को बारेमा। आउदो माघ २२ गते देखि ३० गते सम्म नागार्जुन नगरपालिका -१ ,रानीबन , काठमाडौँ स्थित श्री नागाभूषण महादेव मन्दिर को प्राङ्गणमा आफ्नो पहिलो श्रीमद्भागवत् कथा वाचन गर्ने तयारी गरेकी छिन। यति बेला सामाजिक संजालमा जेरी को कथा वाचन लाइ लिएर केहि धार्मिक संस्थाहरुले बिरोध गर्नुका साथै कार्यक्रममा निषेध लगाउनु पर्ने भन्दै गरेका भिडियोहरु सामाजिक संजालभर भेटिन्छन। बबिता बानिया उर्फ जेरी वा योगमाया शखी को बिगत को जीवन कहानी र उनि क्षेत्रीय कूल कि कन्या भएका कारणले गर्दा नै उनि कथाका लागि अयोग्य भएकी भन्ने केहि धार्मिक संस्थाका पदाधिकारीहरुको भनाइ छ। यद्यपि कथा क्षेत्रमा त्यस्तो कुनै किसिमको रोक लाउने कुरा भने नियमन गरिएको भने पाइएको छैन किनकि केहि महिना यता पशुपति मन्दिर परिसरमा आयोजना गरिएको कोटिहोम महायज्ञमा कथा वा प्रवचन गर्ने व्यक्तिहरु तथा कथित नेपाली समाजका बाहुन जाति मात्र थिएनन्। त्यति मात्रै हैन विभिन्न ठगि मुद्दा अनि बलात्कार मुद्दा लागेका व्यक्तिहरु पनि विभिन्न कथा वा प्रबचन गर्दै हिडेको दृश्य नाङ्गो आखाले देख्न सकिन्छ।
बबिता बानिया लाइ कथाका लागि निषेध लगाउने भन्दै कथा ब्यास समितिका केहि पदाधिकारी एवं संरक्षक रामकृष्ण उपाध्य्यायले विभिन्न मिडिया मार्फत खबरदारी पनि गर्नु भएको छ तर कथा ब्यास समिति भित्रै पनि अन्य सदस्यहरु ले भने यस कदमको चर्को आलोचना समेत गर्नु भएको छ। किन भने बिगत को कोटिहोम देखि बिभिन्न शास्त्रीय मर्यादा बिपरित वा द्रब्यमुखी भएर गरिएका यज्ञहरु हुदा यस समितिका पदाधिकारीले माखो मार्ने काम नगरेको अनि उल्टा समिति को अधिबेशनका लागि यिनै बिबादित व्यक्तिहरु संग पैसा लिएको कुरा उठेका छन्। केहि पण्डित ज्यूहरु ले त् समिति ले आफै आफ्ना नजिक वा दाता भएकाहरुलाइ अनियमितता वा शास्त्रीय मर्यादा को कार्यक्रम गर्दा पनि नरोक्ने अनि साधारण व्यक्तिहरु लाइ भने धम्काउने समेत गर्न खोजेको आरोप लगाउनु भएको छ।
यसै कुरा बारेमा हामीले बुझ्नलाई श्री नागाभूषण महादेव मन्दिर अध्यक्ष शारदा देवी घिमिरे ज्यू संग पनि कुराकानी गरेका थियौ। घिमिरे लाइ हामी ले उठिरहेका बिबादको बारेमा प्रश्न गर्दा उहा भन्नु हुन्छ ” हाम्रो धर्म संस्कार संस्कृति को परिधिमा रहेर हामीले हाम्रो बार्षिक उत्सव मनाउने हो चाहे हामी यहा जेरी लाइ बोलाउ , चाहे कोहि गन्धर्बलाइ ल्याएर सारंगी बजाएर भजन गरौ वा हामी आफैले नै कथा गरौ त्यो अर्काको टाउको दुखाइ को बिषय हैन। यो स्थान नितान्त हाम्रो मेहेनत , परिश्रम अनि हातका छाला घोटिएर पसिना बगाएर बनाएको मन्दिर हो , यहा हामि २५० जना भन्दा धेरै को सहभागिता छ उस्तै पर्यो भने बिरोध गर्न आउनेलाइ हामि लखेट्न सक्छौ। हामीले हाम्रो कर्म गर्दा रोक्ने अधिकार कसलाई कसले दियो ? हु आर दे ? दुनिया यज्ञ को नाममा कोटिहोमको नाममा लूटयज्ञ गरेर हिड्ने लाइ यहा छुट छ अनि हामी हाम्रो मौलिकता र धर्म को रक्षा गर्दै हिडेकालाई रोक लाउन कसैको अधिकार हैन , धार्मिक क्षेत्र कसैको पिता को बिर्ता वा कसैको पेवा हैन। हामी ले जेरीलाई कथा गर्न दिएका हौ उहाले कथा गर्नु हुन्छ कि लोकदोहोरी गाएर भगवान को स्तुति गर्नु हुन्छ कि त्यो अरुको टाउको दुखाइ को कुरा हैन अरुले आफ्नो कर्म गर्ने हो हाम्रो चासो दिएर बस्ने हैन। जेरी लाइ हामीले भरपूर साथ दिएका छौ र दिनेछु उसले गर्छु भनेको कारण ले गर्न दिने हो पहिलो पटक हुनाले केहि त्रुटी , कमि , कमजोरी होलान त्यो सुधार गर्दै जानेकुरा हो तसर्थ कसैको बिरोध ले हामीलाई केहि छुदैन। ”
यता सामाजिक संजालमा भने जेरीका समर्थक र बिरोधि पनि उतिकै सक्रिय देखिएका छन्। जेरी को समर्थनमा दामोदर वियोगी सरोज ले लेख्नु हुन्छ : ” योगमाया शखी जेरी ले प्रवचन भन्न पाउनुपर्छ! भागवत कसैको निजि ग्रन्थ तथा पुराण हैन , तर भागवतलाइ ब्यापार गर्दै आर्थिक अनियमितता गर्दै पाखण्ड नफैलियोस। त्यस्तै सामाजिक संजालमा यति बेला जेरी र राधिका दाशी को पनि तुलना गर्न थालिएको छ। यी दुवै जना पारपाचुके गरेका स्त्री भएका र दुवै को कारुणिक जीवन छ यदि राधिका ले कथा गर्न मिल्छ भने जेरी ले पनि कथा भन्न मिल्छ किन कि यी दुवै गोत्रबिहिन रहेका छन् र दुवैले भागवत जी लाइ अंगालेर धर्म को पथमा हिड्ने प्रणा लिएका छन् यदि एक अयोग्य हुन् भने अर्की पनि अयोग्य हुन् यी दुवै को कथा ब्यथा उस्तै हो भन्ने सम्म को तर्क संजालमा भेटिएका छन्। राधिका दाशी यति बेला आफै पनि बिबादमा परेकी छिन लोकमान्यतामा ११ दिन गरिने शिव महापुराण आफ्नो मनखुशी ले ७ दिनमा नै समापन गर्ने गरि कार्यक्रम तय गरेको हुनाले यिनको चर्को बिरोध समेत भएको छ। यता कथा ब्यास समिति भने धृतराष्ट्र को अवस्थामा पुगेको केहि पण्डित ज्यू हरु को भनाइ छ। धार्मिक क्षेत्र अनि धर्म को मर्ममा यति बेला भएको विभिन्न बिरोध र अशास्त्रीय कर्म ले गर्दा आमजमानसमा धर्मप्रतिको बितृष्णा पनि बढ्दो देखिएको छ।