

कार्यक्रमको अध्यक्षता दमक जेसीज २०२४ का अध्यक्ष जेसी रामचन्द्र अधिकारीज्यूले गर्नुभएको थियो। कार्यक्रममा बिशिष्ट अतिथिका रूपमा कोशी प्रदेश सभासद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक माननीय गोपाल तामाङज्यू, माननीय होम ब. थापाज्यू, दमक नगरपालिकाकी उपमेयर तथा दमक जेसीजकी पूर्व अध्यक्ष रेगिना भट्टराई प्रसाईज्यू, दमक न.पा.का कार्यवाहक प्रमुख भीम पौडेलज्यू लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण
समारोहमा दमक जेसीज २०२५ का लागि निर्वाचित पदाधिकारीहरूलाई पदभार ग्रहण गराइएको थियो। नवनिर्वाचित अध्यक्ष जेसी सहदेव भट्टराईले आफ्नो कार्यकालका लागि महासचिवमा जेसी राजेन्द्र बिमली, कोषाध्यक्षमा जेसी सरोज ढकाल, कानुनी सल्लाहकारमा जेसी साजन श्रेष्ठ, प्रकरण निर्देशकमा पंकज पोखरेल, सचिवमा उत्सव प्रसाई लगायत विभिन्न संयोजकहरूलाई मनोनयन गरी आफ्नो कार्यसमिति घोषणा गर्नुभएको थियो।
सहभागीहरूको उपस्थिति
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर बस्नेत, दमक जेसीजका पूर्व अध्यक्ष तथा सिनेटरहरू, विभिन्न संघ-संस्था प्रमुख, राजनीतिक दलका प्रतिनिधि, पत्रकारज्यूहरू, र जेसीजका विभिन्न शाखाका अध्यक्षज्यूहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन र समापन
निर्वाचन आयुक्त तथा दमक जेसीज २०२२ का अध्यक्ष जेसी सञ्जीव बरालज्यूले निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
समारोह सफलतापूर्वक सम्पन्न गर्दै दमक जेसीजको ४४औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमको समापन घोषणा गरिएको छ।