
दमक नगरपालिका वडा नं. ८ को आयोजनामा आज वडा बाल सञ्जाल दमक-८ को पुन:गठन कार्यक्रम सम्पन्न भएको छ।
अर्गानिक सब्जी बजारको सभाहलमा आयोजित चौथो साधारण सभा, पुनःगठन, र अभिमुखीकरण कार्यक्रममा बालक्लब तथा सञ्जालको कार्यसञ्चालन र बालमैत्री स्थानीय शासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा बालबालिकाको नेतृत्व विकास, सहभागीता, र उनीहरूको अधिकार सुनिश्चित गर्न बाल सञ्जालको भूमिका बारे विस्तृत छलफल गरिएको थियो।
यस कार्यक्रमबाट दिलाशा संग्रौलाको अध्यक्षतामा १५ सदस्यीय बाल सञ्जाल गठन गरिएको छ। नवगठित सञ्जालले बाल अधिकार र विकासमा विशेष ध्यान दिँदै विभिन्न गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ।
वडा कार्यालयका प्रतिनिधिहरूले बालबालिकाको हकहित प्रवर्द्धन गर्न सञ्जालको योगदानलाई महत्व दिएको र आगामी दिनमा थप सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा वडा स्तरीय बाल क्लबका सदस्यहरू, अभिभावक, र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।