jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे
विराटनगर, माघ १३
नेपालकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू तत्कालै दलको सक्रिय राजनीतिमा फर्किने वा नफर्किनेबारे कुनै ठोस निर्णयमा नपुगेको स्पष्ट पारेकी छिन्। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले नेकपा एमालेमा पुन: सक्रिय हुन लागेको विषयमा उठेका चर्चा र अड्कलबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

“म एमालेबाट राष्ट्रपति बनेको थिएँ। यदि म राजनीतिमा फर्किन्छु भने एमालेमै फर्किन्छु। तर दलको राजनीतिमा फर्किने निर्णय मैले लिएकी छैन,” उनले भनिन्। भण्डारीले नेकपा एमालेको सदस्यता लिनका लागि कुनै निवेदन नदिएको र यस विषयमा दलका नेताहरूसँग कुनै छलफल नभएको पनि स्पष्ट गरिन्।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनबारे असमञ्जस: राष्ट्रिय राजनीतिमा सक्रिय रहे पनि दलको राजनीतिमा फर्किने निर्णय नभएको स्पष्टोक्ति

RAWA Hills Town Property

RAWA Hills Town Property

पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रिय राजनीतिमा भने आफू सक्रिय रहेको बताइन्। “मैले राष्ट्रिय राजनीतिबाट नै राष्ट्रपति र अन्य जिम्मेवारी सम्हालेको हुँ। अहिले पनि नेपालमा युवाशक्ति पलायन भइरहेको विषयमा गम्भीर अनुसन्धान र छलफलमा जुटेको छु। नेपालको शिक्षा प्रणाली सुधार गर्नका लागि शिक्षाविद्हरूसँग परामर्श गरिरहेको छु,” उनले भनिन्।

यसबीच, नेकपा माओवादी केन्द्रका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को सक्रिय राजनीतिमा पुनरागमनप्रति भण्डारीले खुशी व्यक्त गरेकी छन्। उनले पुनसँग सात वर्षसम्म सहकार्य गरेको अनुभव सुनाउँदै पुनको अनुभवले देशको राजनीतिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। “उहाँ युवा हुनुहुन्छ, उहाँसँग अनुभव पनि छ। उहाँले राजनीतिक रूपमा फेरी सक्रिय हुने निर्णय लिनुभएकोमा मलाई खुसी लागेको छ। मेरो तर्फबाट उहाँलाई शुभकामना छ,” भण्डारीले भनिन्।

तर, आफ्नै राजनीतिक भविष्यबारे भने भण्डारीले कुनै ठोस योजना नरहेको बताइन्। “म एमालेबाट हुर्किएकी हुँ। राजनीतिमा फर्किन्छु भने मेरो थलो एमाले नै हुनेछ। तर हालसम्म कुनै छलफल सुरु भएको छैन,” उनले भनिन्।

पूर्व राष्ट्रपति भण्डारीको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहसलाई जन्म दिएको छ। राष्ट्रपतिका रूपमा आफ्नो कार्यकाल समाप्त गरेपछि उनी राजनीतिमा कत्तिको सक्रिय रहने भन्ने विषयमा धेरैको चासो छ। दलहरूको राजनीतिमा फर्किने वा स्वतन्त्र रूपमा राष्ट्रिय मुद्दामा काम गर्ने निर्णयले उनको भूमिकालाई फरक दिशामा लैजानेछ।

राष्ट्रिय चासोका विषयमा ध्यान केन्द्रित
पूर्व राष्ट्रपति भण्डारीले युवाशक्ति पलायन, बेरोजगारी, र शिक्षा प्रणाली सुधारलाई प्राथमिकता दिँदै ती विषयमा गम्भीर बहस र अनुसन्धान गरिरहेको बताएकी छन्। उनले नेपाली युवालाई विदेश पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन्।
भण्डारीको यो अभिव्यक्ति र सक्रियताले उनी आगामी दिनमा दलगत राजनीतिमा फर्किने वा स्वतन्त्र रूपमा समाजसेवा र राष्ट्रिय मुद्दामा क्रियाशील हुने भन्ने निर्णयको प्रतीक्षामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय