
दमक, झापा – ग्लोबल कप दमक नगरपालिका स्तरिय खुला विद्यालय चेस प्रतियोगिता-२०८१ आज सफलतापूर्वक सम्पन्न भयो। प्रतियोगिताका प्रमुख अतिथि दमक नगरपालिकाका मेयर श्री राम कुमार थापा हुनुहुन्थ्यो, जसले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो।
विजेता सूची (वरिष्ठ विधा – Senior Category)
1. श्रियन्स चौलागाईं (ग्लोबल एजुकेशनल एकेडेमी) 2. महेश दवाडी (ग्लोबल एजुकेशनल एकेडेमी) 3. चिरायु भट्टराई (सूर्योदया इङ्ग्लिश स्कूल)
(कनिष्ठ विधा – Junior Category) 1. दर्शन पाठक (इस्टर्न स्टार ESS) 2. निशुङ्घाङ् राई (प्रजिता एजुकेशनल एकेडेमी) 3. पर्सन राई (हिमालय सेकन्डरी स्कूल)
(छात्रा खुला विधा – Girls Open Category) 1. प्रविशा दवाडी (ग्लोबल एजुकेशनल एकेडेमी) 2. अनुग्या ढुंगाना (ग्लोबल एजुकेशनल एकेडेमी) 3. प्रतीमा बस्कोटा (अक्सफोर्ड EBS)
प्रतियोगितामा जम्मा १४ विद्यालयका ५८ खेलाडीहरूले भाग लिएका थिए। ६ राउन्डको स्विस-लिग प्रणालीमा आधारित यो प्रतियोगिता २९-३० जनवरी २०२५ मा सम्पन्न भएको थियो।
आयोजक: ग्लोबल एजुकेशनल एकेडेमी प्राविधिक सहयोग: डायनामिक चेस एकेडेमी