
भोजराज घिमिरे मोरङ, टंकी सिनवारी:
श्रीराधाकृष्ण युगल विग्रह प्राण-प्रतिष्ठा तथा श्रीमद्भागवत महापुराण राष्ट्रशान्ति सप्ताह ज्ञानमहायज्ञ २०८१, मोरङको बुढीगङ्गा गाउँपालिका–१, टंकी सिनवारीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा आगामी फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म हुने भएको छ। कार्यक्रमको आयोजना श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समितिले मन्दिर स्थापनाको रजत जयन्तीको अवसरमा गरेको हो। कार्यक्रममा वैदिक विधिअनुसार श्रीराधाकृष्ण युगल-विग्रह प्राण-प्रतिष्ठा, श्रीमद्भागवत कथा, भजन कीर्तन, होली महोत्सव, सामूहिक व्रतबन्ध, तिलार्चन तथा विभिन्न धार्मिक अनुष्ठान गरिनेछ।
मन्दिरका अध्यक्ष माधवप्रसाद कोइरालाका अनुसार कार्यक्रममार्फत समाजमा धार्मिक पर्यटनको प्रवर्द्धन, वैदिक सनातन हिन्दू धर्मका मूल्यमान्यता संरक्षण, तथा युवामा धार्मिक र आध्यात्मिक चेतना जागृत गराउने लक्ष्य राखिएको छ। कार्यक्रम संयोजक नवराज कोइरालाका अनुसार भक्तजन र दाताहरूसँगको सहकार्यमा निर्माण भइरहेको श्रीराधाकृष्ण सामुदायिक भवनको समेत उद्घाटन यसै कार्यक्रममार्फत गरिनेछ। मन्दिर व्यवस्थापन समितिका अनुसार कार्यक्रमका प्रमुख संरक्षकका रूपमा श्रीहरिशरण उपाध्याय महाराज रहनुहुनेछ भने प्रमुख वाचक प्रखर भागवताचार्य पण्डित भवानीशङ्कर निरौलाज्यू हुनुहुनेछ। सहवाचकका रूपमा पण्डित सिताराम तिम्सिना (शास्त्री) समेत रहने कार्यक्रम रहेको छ।
कार्यक्रममा सहभागी हुन आयोजक समितिले सबै भक्तजनलाई आह्वान गर्दै यो अवसरलाई समाजमा धार्मिक एकता, शान्ति, र समृद्धिको नयाँ आधारशीला बनाउन आग्रह गरेको छ। कार्यक्रमका विशेष आकर्षणहरू: २०८१ फागुन १७ गते मोटरसाइकल र्याली २०८१ फागुन १८ गते पत्रकार सम्मेलन २०८१ फागुन २१-२३ गते युगल-विग्रह प्राण-प्रतिष्ठा २०८१ फागुन २४ गते कलश शोभायात्रा २०८१ फागुन २५-चैत्र २ गते श्रीमद्भागवत कथा र भजन-कीर्तन २०८१ फागुन २९ गते नन्द महोत्सव तथा होली पर्२०८१ चैत्र ३ गते पूर्णाहुति, होम, व्रतबन्ध तथा तिलार्चन यस महायज्ञले सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
सम्पर्क: माधवप्रसाद कोइराला (अध्यक्ष) नवराज कोइराला (कार्यक्रम संयोजक) ईश्वरप्रसाद कोइराला (सहसंयोजक)