jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे विराटनगर, १९ माघ – एमाले नेता तथा लेखक जीवन घिमिरे द्वारा लिखित पुस्तक “कमरेड हिजो र आज” को विराटनगरमा भव्य लोकार्पण गरिएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ले पुस्तक सार्वजनिक गर्दै यसले विगतको इतिहास सम्झाउने र भोलिका कार्यहरूको मार्गचित्र प्रस्तुत गर्ने बताए।

प्रगतिशील लेखक संघ मोरङ को आयोजनामा भएको कार्यक्रममा पुस्तकमा उल्लिखित १२ जना प्रमुख पात्रहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमध्ये नेकपा एमालेकी उपाध्यक्ष एवं पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख रहिन्। सभामुख घिमिरेले नेपालको लोकतान्त्रिक आन्दोलनमा झापा, मोरङ, र सुनसरीका नागरिकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पुस्तक अध्ययनले राजनीतिक आन्दोलनको स्पष्ट चित्रण गर्ने बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

उपाध्यक्ष शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन इतिहासको भूमिका अपरिहार्य रहेको बताइन्। चार दशकअघिको आन्दोलन समेटिएको पुस्तक लेखक तथा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे का अनुसार पुस्तकमा वि.सं २०३६ देखि २०४६ सम्मको प्रजातान्त्रिक आन्दोलन लाई समेटिएको छ। झापा, मोरङ, र सुनसरीका चार सयभन्दा बढी पात्रहरू को योगदान उल्लेख गरिएको पुस्तक अनुसन्धानकर्ताहरूका लागि महत्वपूर्ण श्रोत बन्ने उनको विश्वास छ।

१२ जना सम्मानित कार्यक्रममा पुस्तकका मुख्य पात्रहरू चन्द्र भण्डारी, निर्मला कोइराला, प्रा.डा. रमेशप्रसाद भट्टराई, विमला दाहाल घिमिरे, माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्बे, स्व. रमाप्रसाद रिजाल, कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरे लाई सम्मान गरिएको थियो। यस पुस्तकले नेपालको राजनीतिक आन्दोलन, लोकतन्त्र स्थापनाका संघर्ष, र अग्रजहरूको योगदान उजागर गर्ने लेखकको भनाइ छ। इतिहास तथा राजनीतिक आन्दोलनबारे अध्ययन गर्नेहरूका लागि “कमरेड हिजो र आज” उपयोगी स्रोत बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय