jQuery(document).ready(function($){ //
});

निर्देशक दिपेन्द्र के खनालद्वारा लेखन तथा निर्देशित चलचित्र ‘आमा’ यहि फागुनमा रिलिज हुने भएको छ । आमालाई देविको रुपमा देखाइएको छ भने मुख्य पात्र आमाको रुपमा मिथिला शर्मा र छोरी सुरक्षा पन्तलाइ फिचर गरिएको छ ।

शर्मिला पाण्डेको निर्माण तथा सन्तोष अधिकारीको सह निर्माणमा  बनेको यस चलचित्रमा निर्देशक दिपेन्द्र खनालको छायांकन, दीर्घ खड्काको सम्पादन रहेको छ भने चलचित्र सामाजिक कथामा आधारित रहेको छ । आगामी फागुन ९ लाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अस्मिता खनाल, सुदीप खतिवडा, झकेन्द्र जिसी र विकास खनाल अभिनयमा छन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय