jQuery(document).ready(function($){ //
});

 

कमल, झापा – Prajita Educational Academy का कक्षा ८ का विद्यार्थीहरू कमल-४ स्थित थेगिम च्याउ उद्योगको शैक्षिक भ्रमणमा गए। उद्योग भ्रमणको क्रममा विद्यार्थीहरूले च्याउ खेतीको सम्पूर्ण प्रक्रिया नजिकबाट अवलोकन गरे र प्रत्यक्ष अनुभव लिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

च्याउ माटोमा होइन, परालमै उम्रिन्छ भन्ने जानकारी पाउँदा विद्यार्थीहरू अचम्मित भएका थिए। उद्योगका विशेषज्ञहरूले च्याउ उत्पादनका चरणहरू व्याख्या गर्दै त्यसको वैज्ञानिक विधिहरू सिकाए। विद्यार्थीहरूले च्याउ खेतीका लागि आवश्यक बीउ आफैले तयार पार्नसमेत अवसर पाए।

विद्यालयले यस भ्रमणलाई व्यावसायिक ज्ञानको विकास गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। अबको केही समयभित्र विद्यालयमै च्याउ खेती सुरु गर्ने योजना बनाइएको छ, जसमा विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाउनेछन्। उद्योगबाट प्राप्त आवश्यक बीउको सहयोगमा विद्यालयमै च्याउ उत्पादन गरिने भएको छ।

विद्यार्थीहरूको सिर्जनात्मक यात्राको सफलताको शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय