jQuery(document).ready(function($){ //
});

बिहान बा को शर्ट मा ५०० भेटे ।
खुसी लाग्यो, अनिकाल मा पैसा भेट्दा !
आज त ,केटा हरु संग भेटिन्छ, मोज हानिन्छ सोच्दै थिएँ, यत्तिकै मा बा खेत बाट चिच्याउदै आउनु भो ।
” खुट्टा मा खोइ केले टोकेछ बाबु, सर्प त होइन होला नि
लौ न ए, त्या भित्र मट्टितेल होला ल्या त केटा! ”

म दौडेर भित्र गए मट्टितेल को बोत्तल उठाए ,
विर्को खोलेर हेरे एक थोपा थिएन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘ बा” सक्केच हेर्नु तो !’
‘ ए त्यसो भा ढेब्री मा छ होला लेर आ त ‘

ढेब्रि बाट मट्टितेल त निकालेर ल्याए तर त्यो आटी मा भाको चामल जम्मै ओसेप ले कुहिएको देखेर बल्ल पो
था पाए कोदो को रोटी खान लाको १ मैना भएच भनेर !

“जा त बाबु टेन्चर किनेर ल्या त्या खोपा मा २० रुप्पे होला ” बा ले तल्लो पाखो बाट चिच्याउनु भो

म केही नसोची टेन्चर किन्न न्यौपाने काका को मेडिकल तिर दगुरे !

“का का , का का ,
बा लाई खुट्टा मा टोकेछ रे, औषधि मगाउनु भाछ दिनु रे ”
“ए हुन्छ केटा पैसा देर पठाछन्? तेरा बा ले ?”

“अ ”

‘ल ठिक छ यो टेन्चर र डिटोल लिएर जा अरु केही भा रैछ भनी अस्पताल दुगुराएस् नी ! ‘

“हुन्छ काका लौनु १५ रुप्पे ! ”

“१५ रुप्पे ले त डिटोल नी आउन्न बाबु बा लाई पैसा पठाइदिन भनेस् जा त गएर घाउ साफ गर्न सघा !”

घर फर्किदै थे दौडेर बाटो मा सानो जरो मा अल्झेर भुरलुँङ लोटे !
टेञ्चर को सिसा भने प्वाट 😅
अब अर्को लिएर जानी की यत्तिकै
त्यस बेला याद आयो बा को खल्ती को पैसा !
पकेट मा रहेको ५०० र २० रुप्पे बाट हिजै निकालेको 5 रुप्पे चोर गोजी बाट निकालेर खुरुरु दौडिँदै काका का का पुगे ,
“टेन्चर अर्को दिनु रे अनि सब्बै को पैसा काट्नु रे ! इ लौ नु ; बा ले देर पठाउनु भा ”

“लौ यो ४६० रुप्पे बा लाई दिनु है खुल्ला छ हराउला ” काका ले भन्दै थे

दौडेर घर पुगे !
घर बा ले मट्टितेल ले घाउ पुछेर दाम्लो बाट्न थालेको देखेर मन ढुक्क भो !
“ए बल्ल आइस् त गएको त अघिनै हो त ? थेनन् र काका ? ”
म केही बोलिनँ ,
बा लाई औषधि र एक किलो चामल दिएर ,”बा आज खिर खाने रे, साउन पन्ध्र हो रे काका ले भनेर किनेर ल्याएको ! ” भन्दा बा हेरेको हेरै हुनुहुन्थ्यो
खुरुरुरु दौडेर भित्र गए, सिरानी को खोल मुनि का जम्मै पैसा हरु टकटकाएर जम्मा जम्मी बा को ५०० र पहिले चोरेका सिरानी मुनि का पैसा गरेर ३२०० भा रैछ
बटुलेर फाद भारी हालेर बा लाई रुँदै,” बा ! जाम न बा आज चीनी र एक बोरा चामल किनेर ल्याम ! ” भने ।
त्यो मेरो पहिलो पैसा चोरको प्रायश्चित थियो !
त्यो दिन खै किन किन बा को आँसु अनि आमा को अँगालो ले मलाई जिम्मेबारी को भारी उठाएको जस्तो भान बनाएको थियो ,
त्यो रात मुख फेरिएको थियो हाम्रो मिठो खान पाएर होला ।

एक्कासि आँखा रसायो, आँसु पुछि ऐना हेर्छु।
आज त्यही बा को शर्ट लाएर हिड्ने भए। अब जिम्मेवारी पनि बा कै बोकेर हिँड्दा कस्तो गर्व लागेर आउने रैछ।❤️ भोलि सबै को दिन आउने छ बा बन्ने , आशा छ सबै ले बा को सर्ट सँगै बा को जिम्मेबारी बोक्न पाउन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय