jQuery(document).ready(function($){ //
});

विराटनगर, -बिमला गिरि-
विराटनगरमा पतञ्जलि योग महानगर समिति को नेतृत्वमा ३४ वटा योग साधना केन्द्र सञ्चालनमा आएका छन्। पतञ्जलि योग समिति नेपालअन्तर्गत विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूमा यी केन्द्रहरू नियमित रूपमा सञ्चालनमा रहँदै आएका छन्। समितिकी प्रथम अध्यक्ष शिल्पा प्याकुरेल को गतिशील नेतृत्वमा निःशुल्क योग विज्ञान शिविर तथा सह-योग शिक्षक तालिमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।

योग जागरण अभियानले गति लिँदै
योग अभ्यासलाई जनस्तरमा पुर्‍याउने उद्देश्यले पतञ्जलि योग समितिले निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ। संयोजकहरूका अनुसार, दैनिक योग अभ्यासले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको छ। समितिका पदाधिकारीहरूले योगका माध्यमबाट समाजमा स्वास्थ्य तथा नैतिक चेतना जगाउने अभियानलाई अझ तीव्रता दिने बताएका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

साधना केन्द्रका प्रमुख संयोजकहरू:
विराटनगरका विभिन्न ठाउँहरूमा सञ्चालन भइरहेका साधना केन्द्रका संयोजकहरू निम्नानुसार छन्—

1. राममन्दिर योग साधना केन्द्र (वि.सं. २०६३) – संयोजक यसोदा पराजुली

2. संखुवाली योग साधना केन्द्र (वि.सं. २०८१) – संयोजक लक्ष्मी भट्टराई पौडेल

3. रुद्रेश्वर योग साधना केन्द्र (वि.सं. २०८१) – संयोजक दुर्गा देवी पौडेल

4. पुष्पलाल चौक योग साधना केन्द्र (वि.सं. २०८१) – संयोजक लक्ष्मी रेग्मी घिमिरे

5. लेखनाथ पुस्तकालय योग साधना केन्द्र – संयोजक यसोदा शिवाकोटी मैनाली

पतञ्जलि योग चौतारिको नियमित तालिका:
पतञ्जलि योग समिति नेपालद्वारा सञ्चालित योग चौतारी भर्चुअल मञ्च मा दैनिक रूपमा विभिन्न कार्यक्रमहरू प्रशारण हुने गर्दछ।

बिहान ४:३० – ७:०० – योग अभ्यास

बिहान ८:०० – ९:०० – अध्यात्म संस्कार

बिहान १०:३० – ११:३० – गीता महापुराण

११:३० – १:०० – स्वाध्यायशाला

साँझ ७:०० – बौद्धिक सत्र

साप्ताहिक विशेष कार्यक्रमहरू:

आईतबार – जीवनशैली सुधार कार्यक्रम

सोमबार – भजन-कीर्तन

मंगलबार – योग क्विज प्रतियोगिता

बुधबार – नृत्यशाला

योग प्रशिक्षक तथा साधकहरूका अनुसार, पतञ्जलि योग समितिले सञ्चालित कार्यक्रमहरूबाट धेरै मानिसहरूले लाभ उठाइरहेका छन्। संयोजकहरूका अनुसार, आगामी दिनमा अझ बढी साधना केन्द्रहरू विस्तार गरिने योजना बनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय