jQuery(document).ready(function($){ //
});

दमक, चैत्र १० – झापाको दमकमा यही चैत्र २१ गतेदेखि बैशाख १ गतेसम्म आदिवासी जनजाति सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। महोत्सवमा चर्चित गायक दुर्गेश थापा सहित अन्य राष्ट्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

महोत्सवको उद्देश्य आदिवासी जनजातिको संस्कृति, परम्परा र पहिचानको प्रवर्द्धन गर्नु रहेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, संगीत, हस्तकला प्रदर्शनी तथा परम्परागत खानाका परिकारहरू समेत प्रस्तुत गरिनेछन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

दमकका स्थानीय तथा बाहिरी क्षेत्रबाट समेत उल्लेखनीय दर्शक सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवलाई भव्य बनाउन आयोजक समिति तयारीमा जुटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय