jQuery(document).ready(function($){ //
});

झापा, १६ चैत २०८१ – अमेरिका हुँदै विभिन्न देश पार गरी नेपाल प्रवेश गरेका भुटानी शरणार्थीहरूलाई झापाको दमक नगरपालिका वडा नं. ३ बेलडागी शिविरमा अवैध रूपमा बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले बेलडागी शिविरमा बसोबास गरिरहेका तीन जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरू निम्नानुसार छन्:

RAWA Hills Town Property

RAWA Hills Town Property

१. आशिष सुबेदी (३६) – बेलडागी शिविर, दमक-३
2. सन्तोष दर्जी (३१) – बेलडागी शिविर, दमक-३
3. रोशन तामाङ (३६) – बेलडागी शिविर, दमक-३

प्रहरीका अनुसार उनीहरू अमेरिका हुँदै विभिन्न मुलुक पार गर्दै नेपाल आएका थिए। हाल अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ भने आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन कार्यालय काकडभिट्टामा पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय