jQuery(document).ready(function($){ //
});

झापा, चैत २२ – समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय दमकको आयोजनामा दमक नगरपालिका वडा नम्बर ६ स्थित प्रहरी कार्यालयको सभाहलमा होटल व्यवसायीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

आज बिहान करिब ११:४० बजे सुरु भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम प्रसाद तिमल्सिना प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा दमक नगरपालिका क्षेत्रभित्रका होटल व्यवसायी संघका पदाधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा होटल व्यवसाय सञ्चालनलाई मर्यादित बनाउने, गैरकानुनी क्रियाकलापहरूको नियन्त्रण गर्ने, साथै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर बनाई प्रहरी कार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

करिब ५०–६० जना सहभागी रहेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आफ्नो तर्फबाट पनि विभिन्न सुझाव र जिज्ञासाहरू प्रस्तुत गरेका थिए। कार्यक्रमले व्यवसायीहरूमा जिम्मेवारीबोध र समुदाय–प्रहरी साझेदारीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय