jQuery(document).ready(function($){ //
});

दमक, वैशाख ४ – दमक नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत आगामी वैशाख ६ गते शनिबार र ७ गते आइतबार दुई दिनसम्म ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम सञ्चालन हुने भएको छ।

नगर क्षेत्रका सबै वडा कार्यालयमार्फत सञ्चालित यस कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहयोग रहनेछ। अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्थामा लगेर समयमै भिटामिन ए र जुकाको औषधि खुवाउन नगरपालिकाले अनुरोध गरेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस अभियानलाई सफल बनाउन सबै अभिभावक, समुदायका सरोकारवाला तथा स्वास्थ्यकर्मीहरूको सहयोग अपेक्षित गरिएको छ।

थप जानकारीका लागि नजिकको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय